News Griha :: न्यूजगृह
तराईमा हावाहुरीको सम्भावना, हवाई सेवा प्रभावित हुनसक्ने

काठमाडौं— जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेश र मधेस प्रदेशका धेरै भू–भाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ ।

भारी वर्षा र मेघगर्जन तथा चट्याङले हुनसक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावकारण हुने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन पनि विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०७:१९
Weather Update