News Griha :: न्यूजगृह
आमसञ्चार विधेयक संसदमा छिट्टै पेश गरिने

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक छिटोभन्दा छिटो संसदमा पेश गर्ने बताएकी छिन् ।

विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञहरुसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको पनि बताइन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐनहरु पुराना भएकाले त्यसलाई अध्यावधिक गरेर नयाँ कानुन बनाउने काममा पनि सरकारले ढिलाइ नगर्ने बताइन् ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १९:४०
Weather Update