News Griha :: न्यूजगृह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपाङ्गमैत्री नमुना मन्त्रालयको रूपमा विकास गरिनेछ : मन्त्री आचार्य

काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपाङ्गमैत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने कामलाई प्राथमिकता दिएको बताएका छन् । 

आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको पनि बताए । 

गैरसरकारी संस्थाहरूले आफूखसी काम गरिरहेको गुनासो आइरहका बेला मन्त्री आचार्यले उनीहरूलाई राष्ट्रिय आवश्यकताको आधारमा परिचालन हुनेगरी आवश्यक व्यवस्था मिलाइएको उनको भनाइ छ । उनले सरकारी तथा गैरसरकारी संस्थाहरूको अनुगमन र मूल्याङ्कनका लागि प्रदेश र स्थानीय तहसम्म पनि योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको समेत बताए । 

मन्त्री आचार्यले समाज कल्याण परिषद्को कामलाई प्रभावकारी बनाउने गरी अनुगमनको कामलाई विशेष जोड दिइएको बताए । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:३०
Weather Update