News Griha :: न्यूजगृह
दक्षिण कोरिया जाने युवाहरूले घेरे ईपीएसको कार्यालय, सम्झौतापत्र बनाउन माग

काठमाडौं— दक्षिण कोरिया जानका लागि आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएकाहरू आन्दोलनमा उत्रिएका छन् । 

कोरिया गएर आएकाहरूले आवश्यक प्रक्रिया पूरा गरे पनि कोरिया जान नपाएको भन्दै ईपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् । 

epsdemonstration-1-1687680439.jpg

आइतबार ललितपुरको ग्वार्कोमा रहेको ईपीएस कार्यालय घेराउ गर्दै कोरिया पठाउने ईपीएस कार्यालयले हजारौँको संख्यामा रहेको युवाहरूको भविष्यसँग खेलबाड गरिरहेको आरोप लगाए । 

प्रक्रिया पूरा गरेर कोरिया जाने तयारीमा रहेका करिब एक हजार कामदारहरूले ईपीएस कार्यालय घेराबन्दी गर्दै सम्झौतापत्र बनाइदिनुपर्ने माग गरेका छन् । 

Photo (3)1687680454.jpeg

प्रदर्शनमा उत्रिएकाहरूले भने, ‘आफुहरू कुनै पनि नकारात्मक कार्यहरू गर्न नआएको तर, कार्यालयले आफूहरूरुसँग सम्झैतापत्र बनाउनु ढिलाइ गर्न हुँदैन ।’ 

आफूहरू कोरिया गएर आएको र फेरि पास गरेर जाने क्रममा आफूहरूको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधमा उत्रिएका हुन् । 

Photo (4)1687680467.jpeg

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १३:५३
Weather Update