स्कुटर चोर्ने ३ जना पक्राउ

भक्तपुर— भक्तपुर नगरपालिका— १० कमलविनायकमा पार्किङ गरी राखिएको बा.८१ प ८७६६ नम्बरको स्कुटर चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङका १४ वर्षीय किशोरसमेत ३ जना छन् । उनीहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
स्कुटर चोरी भएको भन्ने खबरपछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूलाई चोरीको स्कुटरसहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १२:५२