News Griha :: न्यूजगृह
काठमाडौंबाट १३ जुवाडे पक्राउ

काठमाडौं—  प्रहरीले मनमैजुबाट जुवातास खेलिरहेका ६ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई २७ हजार ७ सय २० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । उनीहरूले ५० वर्षीया घममाया तामाङको कोठामा तास खेलिरहेका थिए ।

यसैगरी जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले अत्तरखेलबाट पक्राउ गरको छ ।  प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई २० हजार ७ सय ९० रुपैयाँ, १ हजार ६ सय भारतीय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौं नारायणटार बस्ने ४८ वर्षीय हिराबहादुर तामाङ लगायत छन्  ।

प्रहरीका अनुसार उनीहरूले अत्तरखेलस्थित छायाँ देवी गुरुङले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेका थिए ।  

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १२:३०
Weather Update