बाग्लुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बाग्लुङ— जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
जिल्ला सदरमुकाम बाग्लुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घाइते दुई जनालाई उपचारका लागि बाग्लुङ सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० ०८:३३