News Griha :: न्यूजगृह
आन्दोलनरत विद्यालय कर्मचारीलाई सांसद योगेन्द्र मण्डलको सहयोग

काठमाडौं—  संघीय सांसद योगेन्द्र मण्डलले नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै २९ हजार रुपैयाँ बराबरको नास्तापानीको व्यवस्था गरेका छन् ।

परिषद्ले विभिन्न माग राख्दै २१ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन गर्दै आएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले सांसद मण्डलले २९ हजार रुपैयाँ बराबरको नास्तापानीको व्यवस्था मिलाइदिएको जानकारी दिए ।

मण्डल मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:२७
Weather Update