विद्यालय कर्मचारी परिषद्ले भेट्यो गृहमन्त्री

काठमाडौं— आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेको छ ।
परिषद् अध्यक्ष गंगाराम तिवारीसहितको एक टोलीले गृहमन्त्रीलाई भेटेर माग सम्बोधनका लागि ध्यानाकर्षण गराएको हो ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले भने,‘विद्यालय कर्मचारीहरुको समस्या पहिचान गरी त्यसको समाधानको लागि पहलकदमी चालिदिनुहुन भेटघाट गर्यौं ।’
सरकारसँग विभन्न माग राखेर विद्यालय कर्मचारी लामो समयदेखि आन्दोलित छन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १९:१२














