सांसद मण्डल भन्छन्— विद्यालय कर्मचारीलाई हटाऊ कि माग पूरा गर

काठमाडौं— प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डलले तुरुन्त सामुदायिक विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मण्डलले सरकारले विद्यालय कर्मचारी नचाहिने भए हटाउनुपर्ने कि त उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताए ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले अनावश्यक ठाउँमा बजेट छुट्याएको भन्दै उनले आपत्ति जनाए । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने हो भने विद्यालय कर्मचारीका माग पूरा गर्नुपर्ने उनकाे भनाइ छ ।
‘सामुदायिक विद्यालय सुधार गर्नुपर्छ हामी सबै भन्दैछौं । त्यही विद्यालयमा काम गर्ने कर्मचारीहरु माइतीघर मण्डलामा आन्दोल गरिराख्नुभाको छ । यो उल्टो भएन ? उहाँहरुले विद्यालय काम नगरिकन विद्यालय सुधार हुन्छ ? कि त हटाउनुपर्याे कि माग पूरा गर्नुपर्यो,’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०८:२३