बालेनले नीति तथा कार्यक्रम ल्याए, शिक्षक कर्मचारीका विषयमा केही बोलेनन्
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम ल्याएका छन् । बुधबार सार्वजनिक नीति तथा कार्यक्रमा शिक्षा सुधारका कुराहरु गरिएको छ ।
‘गरिखाने शिक्षा, महानगरको ईच्छा’ भन्ने नाराकासाथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताइएको छ ।
त्यसैगरी विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिने मेयर साहले बताएका छन् ।
उनले संस्थागत विद्यालयहरूको व्यवस्थापन तथा पठनपाठन कार्यको नियमित अनुगमन नियमनका माध्यमबाट नाफामुखी शिक्षालाई दुरूत्साहित गर्दै सेवामुखी शिक्षा विकासका लागि एक संस्थागत संयन्त्र सञ्चालनमा ल्याइने पनि आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०६:३९