गोरखा जीप दुर्घटना : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको शहीद लखन गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । उनले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
शहीद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गएराति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् । रासस
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० १०:४४