News Griha :: न्यूजगृह
गोरखामा जीप दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो, मृतककाे बाँकी

काठमाडौं— गोरखाको सिलिङमा शुक्रबार बिहान दुई बजे भएको जीप दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ ।

बेहुला बेहुलीसहित शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर शहीदलखन–५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप शहीद लखन गाउँपालिका–३ सिलिङमा शुक्रबार दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने १२ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

दुई जना सकुशल रहेका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए । स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने सोही ठाउँ निवासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुलिनसकेको डीएसपी लामिछानेले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०७:३०
Weather Update