News Griha :: न्यूजगृह
गोरखामा जीप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं— गोरखामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान दुई बजे जीप दुर्घटना भएको हो ।

शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर शहीदलखन–५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप शहीद लखन गाउँपालिका–३ सिलिङमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

जीप दुर्घटना हुँदा पाँचकाे मृत्यु र १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले पुष्टि गरे ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी पुगेका छन् । उनीहरूले उद्धार गरिरहेको लामिछानेले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०७:११
Weather Update