
आज चैत्र १२ गते आइतबार । चैत्र शुक्ल पञ्चमी तिथि । पञ्चाङ्ग प्रीति बालव कृत्तिका । यस्तो छ तपाईंको राशिफल ।
मेष
दिन राम्रो छ । कार्य सफल हुनेछ । जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ ।
वृष
बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला । सम्मान पाइनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ ।
मिथुन
दिन राम्रो छ । धन लाभ हुनेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । व्यापार व्यवसायमा फाइदा हुनेछ । आज दक्षिणतिरको यात्रा नगर्नुहोला । शिक्षाको क्षेत्रमा भने राम्रो छ ।
कर्कट
बोलीको प्रभाव बढ्नेछ । प्रशंसा गर्नेहरु बढ्नेछन् । प्रेममा सफलता मिल्नेछ । कुरा काट्नेहरु बढ्ने भएकाले सचेत हुनुपर्नेछ ।
सिंह
दिन सामान्य छ । शत्रू नाश हुनेछ । राजनीतिमा असहयोग हुनेछ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए नजिता राम्रो मिल्नेछ ।
कन्या
आम्दानी बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । अन्य क्षेत्र भने सामान्य रहेको छ ।
तुला
आम्दानीसँगै खर्च पनि बढ्नेछ । परिवारबाट सहयोग मिल्नेछ । अन्य क्षेत्र सामान्य रहे पनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ ।
वृश्चिक
पारिवारिक सहयोग मिल्नेछ । बोल्दा विचार गर्नुहोला । निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला । राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ ।
धनु
दिन सामान्य छ । प्रभाव बढ्नेछ । अरुको भर नपर्नुहोला । धार्मिक क्षेत्रमा मन जानेछ । भगवान गणेशको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ । प्रेममा भने धोका मिल्नेछ ।
मकर
काममा सफलता मिल्नेछ । नयाँ योजनामा हात हाल्दा फाइदा हुनेछ । प्रेममा सफलता मिल्नेछ । शत्रू बढ्नेछन्
कुम्भ
दिन सामान्य छ । कर्मभूमिमा डटेर अघि बढ्नुपर्नेछ । राजनीति, सामाजिक, वैदेशिक, आर्थिक क्षेत्रहरु यथास्थितिमा छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।
मीन
आज थालेका कामबाट सफलता मिल्नेछ । स्वास्थ्यमा रहेको समस्या हट्नेछ । पठनपाठनमा जोश बढ्नेछ । आफन्तबाट भने जोगिनुपर्नेछ ।