News Griha :: न्यूजगृह
सरकार र अदालत भारतको गुलाम भयो, अदालतलाई मान्नेवाला छैन : मेयर साह 

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार र अदालत भारतको गुलाम भएको बताएका छन् ।

उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने साहको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि उनले अदालत र कानुन नमान्ने बताएका हुन् । 

उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’


प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १४:४८
Weather Update