इनारभित्र पुरुषको शव फेला

काठमाडौं— धनुषाको ढल्केबरमा इनारभित्र एक पुरुषको शव फेला परेको छ ।
बिहीबार बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो । स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीबाट खटिएको टोलीले शव निकाल्ने प्रयासमा गरिरहेको छ । इनार गहिरो भएको शव निकाल्न समस्या भइरहेको छ । प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ११:५९