News Griha :: न्यूजगृह
बाढीपहिरो प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छ : गृहमन्त्री

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिजी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा मनसुनजन्य विपद्बाट विभिन्न जिल्लामा भएको क्षतिको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा सडक,खानेपानी,विद्युत,खाद्यान्नलगायतका कनेक्टिभिटि तत्काल जोड्ने गरी काम गरिरहेको मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:४७
Weather Update