राजसंस्था फर्किने आशा जीवित छ : पशुपति शमशेर

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति शमशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका छन् । उनले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताए ।
उनले भने,‘हाम्रो पाँच वटा उद्देश्य हो । हामी राष्ट्रवादी हौँ । बहुदलीय प्रजातन्त्रप्रति हामी एकदम कटिबद्ध छौँ । प्रजातन्त्रबाट मात्रै देश विकसित हुनसक्छ भन्ने सोचमा छौँ । साथसाथै यो मुलुक हिन्दु पनि हुनुपर्छ । बढी गौरवशाली श्रीपेच भयो भने राम्रो हुन्छ । आशा गरौँ । आशा जहिले पनि जागृत रहनुपर्छ ।’
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १८:२१