किसानलाई मल, विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सांसद महतोको माग

काठमाडौं— नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरूलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् ।
बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले रोपाइँ सुरु हुँदा पनि मलको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरिन् ।
सांसद महतोले विभिन्न रोगव्याधिहरू फैलने अवस्था आएकाले त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।
सांसद महतोले युवाहरू रोजगारीका लागि विदेशिने क्रम बढ्दा पनि सरकारले उनीहरूलाई स्वेदशमै रोजगारीको अवसर दिने कुरामा कुनै सोचाइ नराखेको भन्दै आक्रोश व्यक्त गरिन् ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १३:३६