News Griha :: न्यूजगृह
त्रिवेणीमा चट्याङ लागेर एकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं— नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान साढे ६ बजे ५७ वर्षीय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

खेतमा काम गर्ने क्रममा उनलाई चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सारु श्रीमतीसँगै खेतमा काम गर्दै थिए । रासस

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:३४
Weather Update