News Griha :: न्यूजगृह
पर्यटनमन्त्रीले दिए पोखरामा योगा गर्न र मनोरम दृश्य हेर्न भारतीयलाई निम्तो

पोखरा— संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले योगा गर्न र मनोरम दृश्य हेर्न भारतीय नागरिकलाई पोखरा आउन आह्वान गरेका छन् ।

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त आह्वान गरेका हुन् ।

उनले भने, ‘योगा गर्न र मनोरम दृश्य हेर्न भारतका दिदीबहिनी, दाजुभाइलाई निम्तो गर्दछौँ । नेपालको जस्तो प्राकृतिक सुन्दरता सायदै विश्वमा छ ।’

मन्त्री किराँतीले पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र पनि बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०९:०३
Weather Update