News Griha :: न्यूजगृह
मन्त्रीको निधनमा सुदूरपश्चिम प्रदेशमा बुधबार शोक बिदा

काठमाडौं— सवारी दुर्घटनामा मृत्यु भएका आफ्ना आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा बुधबार सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर शोक बिदा दिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निणर्य गरेको बताउँदै आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निणर्य गरेको जानकारी दिए ।

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्रीकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहका पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०८:४९
Weather Update