News Griha :: न्यूजगृह
स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक पक्राउ 

काठमाडौं— स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मनाङको ङिस्याङ गाउँपालिका वडा नं. ४ घर भएको ३० वर्षीय कर्मा ल्हामो गुरुङ रहेको प्रहरीले जनाएको छ । 

मंगलबार साँझ पौने ५ बजे काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध फूलबारीस्थित नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालय हस्तकला पसलमा हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पसलमा चेकजाँच तथा खानतलाखी गर्दा स्रोत नखुलेको ३३ लाख ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २०:३५
Weather Update