News Griha :: न्यूजगृह
ठ्याक्कै यतिबेला किन समाजावादी मोर्चा : सांसद बडू

काठमाडौं— नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर ‘हामी पनि संगठित छौँ’ भन्ने सन्देश दिन खोजिएको बताएका छन् । 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ठ्याक्कै यतिबेला यो किन महसुस भयो । यो पनि एउटा विचारणीय पक्ष हो ।’

सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको आफूलाई महसुस भएको बताए । ‘राजनीतिक दृष्टिकोणले पनि मलाई लाग्छ, एउटा वातावरण बनाउन खोजेको होला । किनभने हामी पनि संगठित भएका छौँ, हाम्रो पनि तागत यति छ, भन्ने एउटा म्यासेज दिने उद्देश्य होला,’ उनले भने । 

सांसद बडूले छरिएर बस्नुभन्दा एकत्रित हुनु राम्रो पक्ष भएको पनि बताए । 

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:१४
Weather Update