News Griha :: न्यूजगृह
समाजवादी मोर्चाबाट कांग्रेस तर्सिएको छैन : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन् । 

मंगलबार संसद्बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे । 

उनले भने, ‘अब एमाले सहितको कम्युनिस्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरू कम्युनिस्ट नेताहरूले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन ।’ 

नेता पौडेलले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए । 

‘जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुईचार जना मात्रै बसेर गर्नु भएन । कार्य सम्पादन, केन्द्रीय समितिहरू पनि त्यसमा सहभागी हुनुपर्छ,’ उनले भने । 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:४७
Weather Update