News Griha :: न्यूजगृह
बझाङमा जीप दुर्घटना : मन्त्रीसहित तीन घाइते

बझाङ— बझाङमा मंगलबार जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित तीन जना घाइते भएका छन् ।

दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका छन् ।

प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार  डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार सुपप्र ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते अन्य दुई जनाको नाम र ठेगाना खुल्न सकेको छैन । मन्त्री सिंहसहित घाइतेको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ । जीप  सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो । 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:३६
Weather Update