News Griha :: न्यूजगृह
ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

धनुषा– मिथिला नगरपालिका–३ हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

    ना६ख ६५७८ नंको ट्रक र प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

    दुर्घटनामा  सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । उनको  ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १४:५०
Weather Update