योग मानव कल्याणको साझा ज्ञान : संस्कृतिमन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताएका छन् ।
मंगलबार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग मानव कल्याणको साझा ज्ञान भएको बताएका हुन् ।
उनले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिए पनि योग आफैंमा मानव कल्याणको साझा ज्ञान भएको बताए ।
उनले भने,‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ । तर योग धर्मसँग पनि जोडेर हेरिन्छ । योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो ।’
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०९:५३