विद्यालय कर्मचारीद्वारा सामुदायिक विद्यालय बन्द [तस्बिरहरू]
![विद्यालय कर्मचारीद्वारा सामुदायिक विद्यालय बन्द [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/school1687059498.jpg)
काठमाडौं— सरकारसँग विभिन्न माग गर्दै आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले आज आइतबार देशभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा तलब,सेवासुविधाको माग सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारी आन्दोलित छन् ।
विद्यालय कर्मचारी मुकेश यादवले विहानैदेखि विद्यालय बन्द गराइएको जानकारी दिए । विद्यालयको गेटमा सूचना टाँस गरिएको र कक्षा कोठा नखोलिएको यादवले जनाए ।
यो पनि पढ्नुहोस
बालेनलाई तिवारीको चुनौती– ल हेरौं त कसरी जागिर खाँदा रहेछौ ?
आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने
हेर्नुहोस् तस्बिरहरू
प्रकाशित मिति: आइतबार, असार ३, २०८० ०७:३९