News Griha :: न्यूजगृह
आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद्ले आज आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।

परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवासुविधासहित पेसागत स्थायित्वको माग राख्दै आएको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गर्न लागिएको परिषद्ले जनाएको छ ।

‘गत जेठ १७ को पत्रकार सम्मेलनबाट घोषित आन्दोलनका कार्यक्रमहरूमध्ये पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न हुँदा समेत सरकार आन्दोलनप्रति गम्भीर हुनुको सट्टा प्रहरी दमन प्रयोग गर्न उद्दृत देखिएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न मातहतका समितिहरूलाई निर्देशन गरिएको छ,’विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०५:५६
Weather Update