
काठमाडौं— पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिज्ञमा चार पुस्तालाई चाहिने सम्पति जोड्ने प्रवृत्ति रहेको टिप्पणी गरेकी छिन् ।
शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुःखका विविध आयाम पुस्तक लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृत्ति परिवर्तन हुनुपर्ने बताइन् ।
उनले राजनीतिज्ञमा पनि कमाएर खानुपर्छ भन्ने भावना विकसित हुनुपर्ने बताइन् ।
उनले भनिन्,‘हर कोही राजनीतिज्ञले काम नै गर्न नपर्ने अवस्था छ । आफ्नो रोजगारी बनाउनु पर्दैन ? राजनीतिमा लागरे जुका जस्तो टासियो अनि नमरुन्जेलसम्म सम्पति जोड्नुपर्ने ? तीन पुस्ता चार पुस्तालाई चाहिने सम्पत्ति जोड्नु पर्ने प्रवृत्तिमा परिवर्तन आउनुपर्छ ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले जनताले बढी उपयोग गर्ने प्याज र आलुमा सरकारले कर लगाएको भन्दै आपत्ति जनाइन् ।