अध्यक्ष नेपाल भन्छन्– समानतासहितको स्वतन्त्रता आजको आवश्यकता

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताएका छन् ।
रौतहट—काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिपछि पनि समाजमा अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायतका विभेदको कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।
नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेको विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको बताउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति विद्रोह गरी नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि आफूहरू समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा जुटेको बताए ।
प्रकाशित मिति: शनिबार, असार २, २०८० २०:४८