दाङ शान्तिनगरका सुकुम्वासीले पाए सेतो पुर्जा

दाङ— दाङ शान्तिनगर गाउँपालिका–१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा सेतो पुर्जा वितरण गरिएको छ ।
पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष जङ्गबहादुर पुनले जानकारी दिए ।
‘अतिविपन्न भूमिहीन सुकुम्वासीलाई पहिलो चरणमा सेतो पुर्जा वितरण गरेका छौँ’,उनले भने,‘अव्यवस्थित बसोबास गरेकालाई पनि व्यवस्थित बनाउने तयारीअनुरुप सेतो पुर्जा वितरण गरिएको हो ।’
अब अमिनले फिल्डमा गएर नापजाँच गर्ने र सोहीअनुसार रातो पुर्जा पाउने उनको भनाइ छ । योसँगै शान्तिनगरमा भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढेको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताए ।
प्रकाशित मिति: शनिबार, असार २, २०८० १९:०८