News Griha :: न्यूजगृह
सशस्त्र प्रहरीका सहायक हवल्दारले गरे आत्महत्या  

काठमाडौं— सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारले आत्महत्या गरेका छन् । 

सशस्त्र प्रहरी बल नेपाल नं १६ गण काभ्रेमा कार्यरत सहायक हवल्दार विजय नकर्मीले गएराति झुन्डिएर आत्महत्या गरेका हुन् । 

घटना किन र कसरी भयो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १७:१४
Weather Update