आईजीपी सिंहसहित नौ उच्च प्रहरी अधिकारी अवकाशमा
काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकैपटक अवकाश पाएका छन् ।
३० वर्ष सेवा अवधि पूरा गरेका महानिरीक्षक सिंहसहितका उच्च अधिकारीहरूलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रम मार्फत् शुक्रबार साँझ बिदाइ गरिएको हो ।
नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरुको सामूहिक बिदाइ गरेका हुन् ।
यसरी अवकाश पाउनेमा प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डेलगायत रहेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ ०६:३७