पालुङटार नगरपालिका–१ गाेरखा स्थित बेलबासमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पुर्ख्यौली घर । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले घरलाई क्षति पुर्याएपछि सबलीकरण गरिएको हाे । घरको बार्दलीबाट वरपरका दृश्य हेर्दै डा.भट्टराई । घरको बार्दलीमा बसेर मोबाइल चलाउँदै डा.भट्टराई । दोस्रो तलामा डा.भट्टराईको बेडरुम ।
पुर्ख्यौली घरको तेस्रो तथा अन्तिम तलामा डा.भट्टराई । यस तलामा पुस्तकालय बनाउने र अध्ययन गर्ने डा.भट्टराईको योजना रहेको छ ।
डा.भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेल ।
घर अगाडिको बारी । घर नजिकै रहेको लिचीको रुख । घरको आँगनमा ढुंगा बिछ्याइएको छ ।
घर परिसरमा आफूले लगाएका बिरुवा अवलोकन गर्दै डा.भट्टराई ।