News Griha :: न्यूजगृह
ललितपुरमा बीच सडकमै पल्टियो बस

काठमाडौं— ललितपुरको इमाडोलमा बीच सडकमै बस पल्टिएको छ ।

शनिबार बिहान लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो । प्रहरी प्रभाग इमाडोलका अनुसार बसमा २४ जना सवार थिए ।

६ जनाको अवस्था सामान्य रहेको र घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण बस पल्टिएको प्रहरीको अनुमान छ । 

imadol-bus-accident (2)1686967231.jpg

तस्बिरहरू पूर्णप्रसाद श्रेष्ठको फेसबुकबाट 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०७:४१
Weather Update