नौ हजार रकम घुससहित नेपालगञ्ज उपमहानगर–१३ का वडाअध्यक्ष पक्राउ

बाँके— नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया नौ हजार घुससहित पक्राउ परेका छन् ।
शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई नौ हजार रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।
कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार २, २०८० ०५:५७