News Griha :: न्यूजगृह
रायमाझीको सांसद पद निलम्बन

काठमाडौं— टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधि सभा सदस्य (सांसद) पद निलम्बित भएको छ ।

फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सदस्य पद निलम्बित हुने प्रतिनिधि सभा नियमावलीको नियम १४८ उपनियम ३ मा व्यवस्था छ ।

नेकपा एमालेका सचिव रहेका रायमाझीलाई एमालेले निलम्बन गरिसकेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १९:२२
Weather Update