News Griha :: न्यूजगृह
लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

सिन्धुली— सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।

लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको जानकारी अस्पतालबाट प्राप्त भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०८:३५
Weather Update