News Griha :: न्यूजगृह
यी जिल्लामा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं— लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा दुई जिल्लामा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको हो ।

भूम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०७:३४
Weather Update