
काठमाडौं— काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका चक्रपथ सडकमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने भएको छ ।
महानगरले (असार १ गते) शुक्रबारबाट महानगरकाभित्रका चक्रपथ सडकमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले बताए ।
उनले उपयुक्त स्थानहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाको लागि गठन गर्ने निर्णय भएको पनि बताए । उनले यात्रुहरू बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने निर्णय भएको बताए ।
महानगरले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । जसमा जगतमान श्रेष्ठ संयोजक, उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रा.लि.सदस्य रहेका छन् ।