नेपाल प्रहरी
वसन्त कुँवर आईजीपीमा नियुक्त

काठमाडौं— नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा वसन्त कुँवर नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा नियुक्त गरेको हो । उनी केही दिनअघि मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका थिए ।
नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् ।
प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने कुँवरको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १६:५०