News Griha :: न्यूजगृह
नयाँ आईजीपीको टुंगो लगाउन मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं— अहिले सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

वर्तमान आईजीपी धीरज प्रताप सिंहको कार्यकाल आजै सकिने भएकाले मन्त्रिपरिषद्ले आईजीपी नियुक्ति गर्न लागेको हो ।

आईजीपीका लागि वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा रहेका छन् । यी पाँच जना मध्ये एक जनालाई मन्त्रिपरिषद्ले गृह मन्त्रालयको सिफारिसमा नयाँ महानिरीक्षक नियुक्ति गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:४३
Weather Update