News Griha :: न्यूजगृह
तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत, एक जना पक्राउ

तनहुँ व्यास नगरपालिका– ४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । 
मङ्गलबार बिहान चिहानडाँडा स्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्‌याइएको ह्युमपाइप बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाणले मृतक व्यास नगरपालिका– १४ छाब्दी निवासी रहेको बताए । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनले भने, 'लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।'

अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको डीएसपी खाणले बताए । बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन् । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०९:४३
Weather Update