News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अब तोयानाथ पञ्चाङ्ग नेपाली पात्रोमा 

काठमाडौं—‘नेपाली पात्रो एप’ र ‘तोयानाथ पञ्चाङ्ग’ बीच सहकार्य गर्न आधिकारिक रूपमा सम्झौता भएको छ ।

यस सहकार्यअन्तर्गत नेपाली पात्रो तोयानाथ पञ्चाङ्गको डिजिटल भर्सनको आधिकारिक एप बनेको छ । सम्झौताले तोयानाथ पञ्चाङ्गलाई नेपाली पात्रोको प्रयोगकर्ताहरूको व्यापक सञ्जालमार्फत धेरै पाठकमाझ पुग्न सहज बनाएको छ ।

Prabhu Bank

तिथि, शुभ दिन, कुण्डली, दैनिक राशिफल, विदेशी मुद्रा र सुनचाँदीको दैनिक दरलगायतका सेवाका साथ नेपाली पात्रो विश्व नेपाली समुदायमाझ लोकप्रिय छ । 

यस्तै, तोयानाथ पञ्चाङ्ग नेपालको सबैभन्दा पुरानो र भरपर्दो ज्योतिषीय पात्रो मानिन्छ। सो पात्रो विगत १३५ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको छ । यसले प्रत्येक वर्ष विक्रम संवत्को अन्तिम महिनामा नयाँ संस्करण जारी गर्छ । शुभ तिथि, विवाह, ब्रतबन्ध साइत, चाडबाड र दैनिक वैदिक क्रियाकलापका बारेमा बुझ्न नेपाली पञ्चाङ्ग भरपर्दो संस्करण मानिन्छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १२:५९
sagarmatha cementsagarmatha cement
Weather Update