News Griha :: न्यूजगृह
भूकम्पको धक्का महसुस, मुगु केन्द्रबिन्दु

काठमाडौं— मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर,काठमाडौंका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९:५१ मा ४.५ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:५१
Weather Update