टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

धादिङ— थाक्रे गाउँपालिका ७ राम्चेमा टिप्पर दुर्घटना हुँदा चालक अन्जन तामाङको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाप्सेचौरबाट बज्रकालीस्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिप्पर शुक्रबार बिहान सवा २ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १०:३०