News Griha :: न्यूजगृह
कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने 

विराटनगर— कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन (३१ जेठ) बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

२३ जेठमा प्रदेश सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । 

कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेश सभाका सबै सदस्यलाई जानकारीको लागि सूचना जारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०७:३२
Weather Update